Showing posts with label prawas. Show all posts
Showing posts with label prawas. Show all posts

Wednesday, August 7, 2013

कुवेतमा दुई महिलाको शव अलपत्र- **********************


दोहा (कतार), श्रावण २४ - घरेलु कामका लागि कुवेत पुगेर मृत्यु भएका दुई नेपाली महिलाको शव अलपत्र परेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार दुवाचौर- ३, सिन्धुपाल्चोककी २९ वर्षीया फूलमाया तामाङ र ठेगाना पत्ता नलागेकी सुमित्रा उराउको शव अलपत्र परेको हो । तामाङको गत मे २८ र उराउको अपि्रलमा २८ मा मृत्यु भएको हो ।

दुवैको मृत्युको विषयमा दूतावासलाई थप जानकारी छैन । उराउको फिंगर पि्रन्टबाट राहदानी नम्बर पत्ता लागेको हो । उनी २२ जुलाई २०१२ मा कुवेतमा आएको रेकर्ड छ । फूलमायाको राहदानीमा निकटतम व्यक्ति सन्तमान तामाङ भनिएको छ । 'दुवै जना गैरकानुनी बाटो हुँदै कुवेतमा आएका रहेछन्,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कान्तिपुरलाई भने, 'लामो समयसम्म शवको दाबी गर्न कोही नआएपछि शव गृहले हामीलाई पत्र पठाएपछि जानकारी पाएका हौं ।'

कुवेतमा तीन महिनासम्म शव राख्न दिने कानुनी व्यवस्था छ । उक्त अवधिमा शव लिन कोही नआए कुवेती कानुनअनुसार गाडिदिने गरिन्छ । तामाङ र उराउको शव दाबी गर्न नआएमा उतै गाडिदिने स्थिति रहेको बताइएको छ । उराउको मृत्यु भएको ९० दिन कटिसकेको छ । 'हामीले हाम्रो सस्कृतिअनुसार परिवारले शव पाउनुपर्ने धार्मिक व्यवस्था भएको जानकारी दिँदै कुवेत सरकारलाई दूतावासको सूचनाबिना शव नगाड्न अनुरोध गरेका छौं,' उनले भने, 'पहिला नेपालीको शव गाडिएको भए पनि पछिल्लो समय भने त्यस्तो छैन ।'

राहदानीमा फोटो परिवर्तन गरेर दोस्रो व्यक्ति आउने राजदूत पौडेलले बताए । 'यसअघि पनि ७ जना महिलाको शव अलपत्र परेको थियो । त्यसमा ३ जना भारतीय परेछन् । एकजना जिउँदो महिला परिछिन्,' उनले भने ।

यसैबीच कुवेतको अरेबियन गल्फ स्टि्रटको मरिना मलनिर राति बाटो काट्ने क्रममा गत जुलाई ३० मा सवारीले ठक्कर दिँदा मृत्यु भएका तीन नेपालीको शव स्वदेश पठाउन दूतावासले अनुमति दिएको छ । मृत्यु हुनेमा मदनपोखरा पाल्पाका विष्णुबहादुर मश्ररंगी, खुदुनाबारी झापाका झरेन्द्रप्रसाद आचार्य, पुरान्धारा दाङका भूपाल ओली छन् । घाइते हुने पुरान्धारा दाङका वीरबहादुर गाहाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरू तीनै जना स्थानीय एक रेस्टुरेन्टमा काम गर्थे ।

यस्तै, तीन वर्षअघि कुवेतमा आगलागीमा ज्यान गएका गोरखाका पूर्णबहादुर मल्लका पीडित परिवारले ३४ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् । दूतावासले बिमाका लागि मुद्दा लडेर यो रकम दिलाएको हो ।

Friday, July 5, 2013

दार्चुलाका बाढी पीडितका लागि यूएईमा राहत संकलन हुने

उत्तम अधिकारी
अबुधावी ।  सुदुर पश्चिमको दार्चुलामा असार पहिलो साता आएको बाढीका कारण घर बार बिहिन हुन पुगेका पीडित परिवारका लागि यूएईमा बृहत रुपमा राहत संकलन हुने भएको छ । नव गठित राहत तथा उद्धार समिति यूएईको तदर्थ समितिले यूएईभर बाट सहयोग संकलन गरि सम्बन्धित ठाउँमा पुर्याउने घोषणा गरेको छ ।
राहत, उद्धार तथा सहयोगमा मात्र सम्पुर्ण ध्यान केन्द्रित गरि सोही उद्देस्यका लागि स्थापना भएको उक्त समितिले यहाँ क्रियाशिल संघ संस्था र संगठनहरू सँग हातेमालो गर्दै यूएईमा नेपालीहरू माथि आइपर्ने बिभिन्न समस्याहरुमा सकेसम्मको सहयोग र आवस्यकता अनुसार उद्धार कार्यमा सहजिकरण गर्ने तथा नेपालमा समय समयमा घट्ने दैबी प्रकोपका घटना बाट पीडित नेपालीलाई यथासक्य राहत सहयोग उपलब्ध गराउने छ ।
यहि शिलशिलामा समितिले दार्चुलाका बाढी पीडितका लागि यूएईमा रहेका नेपालीहरू बाट आर्थिक सहयोगका साथै जिन्शी (लत्ता कपडा) समेत संकलन गर्ने भएको छ । यूएईमा क्रियाशिल संघ संस्था, संगठन तथा समाजसेवी, ब्यबशायी लगायत सिंगो नेपाली समुदायलाई आ-आफ्नो गच्छे अनुसारको आर्थिक सहयोगका लागि हात अघि बढाउन आग्रह गर्दै नयाँ तथा त्यसै थन्किएर रहेका तर नच्यातिएका र नफाटेका लत्ता कपडाहरू उपलब्ध गराई  घर बार बिहिन भएर कठिन परिस्थितिमा जीवन् गुजारा गरिरहेका पीडित नेपालीहरूलाई सहयोग गर्ने मानविय सेवामा अग्रसर भई दिनका लागि यहाँ रहेको सिंगो नेपाली समुदाय सँग अपिल गरेको छ ।
जिन्शी तर्फ समितिले नयाँ तथा प्रयोग भैसकेका सर्ट, प्यान्ट, टोपी, टि-शर्ट, कोट, स्विटर, ज्याकेट, घुँडा मुनिसम्म आउने हाफ प्यान्ट, तन्ना, सिरक – ब्ल्यान्केट, तौली लगायतका लत्ता कपडा उपलब्ध गराउन आग्रह गर्दै भित्री कपडाहरू संकलन गर्न नसकिने बताएको छ । यूएईका सबै क्षेत्रहरुमा सहयोग संकलनका लागि चाडै प्रतिनिधिहरू खटाउने जानकारी दिदै समितिका संयोजक त्रिलोचन कोइरालाले यस अभियानमा साथ दिएर अग्रणी भूमिका खेलीदिनका लागि सम्पुर्ण संघ संस्था र समाजसेवीहरूलाई आग्रह गरेका छन् ।
बिस्तृत जानकारीका लागि समितिले आबुधाबीमा उत्तम अधिकारी ०५०५३६५६२९, दुबइमा गोपाल कंडेल ०५५५५७८१५८, रमेश गिरी ०५५३४९५२०७ र राजु खड्का ०५५१६५०८७२, शारजाहमा बिदुर राउत ०५५९०१८८६८, अलकुजमा त्रिलोचन कोइराला ०५५२५४६७७८ र कृष्ण पौडेल ०५५७७६२७१५, जाबेल अलिमा हरि खनाल ०५५५९१७१३७३, मुसाफामा उमेश राई ०५५१८८१८०३ सँग संपर्क गर्न समस्त नेपालीहरुमा अनुरोध गरेको छ । समितिले जुलाई महिना भर यूएईका सकेसम्म धेरै स्थान बाट राहत संकलन गर्ने जनाएको छ ।

एनआरएन यूएईले दुबईमा रक्तदान कार्यक्रम गर्ने

उत्तम अधिकारी
अबुधावी । ‘रक्तदान जिवनदान’ भन्ने मुल मर्मलाई ध्यानमा राखी एनआरएन यूएईले दुबईमा एक बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । दुबईको नेपाली चोकको नामले चिनिने बरदुबईको मेट्रो पार्कमा यहि १९ जुलाई शुक्रवारका दिन उक्त रक्तदान कार्यक्रम तय गरिएको एनआरएन यूएईले जनाएको छ ।
मुस्लिम समुदायको धार्मिक पर्व रमादानको महिना र गर्मीको छुट्टीको समयमा यहाँका अस्पतालहरुमा रगत अभाब हुने गरेका करण सोही अवस्थालाई मध्यनजर गर्दै जिवनदान सरह मानिने रक्तदानको कार्यक्रम यसै मौसममा आयोजना गर्न लागिएको एनआरएन  यूएईका महासचिव शन्तोस प्रसाईंले बताएका छन् । 1
मानव सेवाको अभिप्रायले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागी भएर रक्तदान गर्नका लागि यूएईमा रहेका सम्पुर्ण नेपालीहरूलाई आव्हान गर्दै एनआरएन यूएईले यस कार्यमा हातेमालो गर्नका लागि यहाँका नेपाली समुदाय सँग अनुरोध गरेको छ । बढी भन्दा बढी नेपालीहरूको सहभागिता रहोस् भन्ने उद्देस्यले उक्त कार्यक्रम दिउँसो ११ बजे देखि साँझ ५ बजे सम्मका लागि तय गरिएको बताइएको छ ।
 गत बर्ष पनि एनआरएन यूएईले दुबईको लतिफा अस्पतालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो जहाँ झन्डै ५० जना नेपालीले रक्तदान गरेका थिए । यस पटक पनि सोही अस्पतालले उक्त कार्यक्रममा सहयोग गर्ने कार्यक्रमका संयोजक प्रदिप पौडेलले जानकारी दिएका छन् ।

कार दुर्घटनामा कोरियामा नेपालीले ज्यान गुमाए

मीनप्रकाश उप्रेती
सउल । कोरियामा एक नेपालीको कार दुर्घटनामा मृत्यु भएको छ । दाङ तुल्सीपुरका शैलेन्द्र थापाको मंगलबार राति कार दुर्घटनामा मृत्यु भएको हो । रोजगार अनुमति प्रणालीबाट ४ वर्ष अघिकोरिया प्रवेश गरेका थापा मंगलबार राति कोरियाको थेगु सहरको ईल्याङ भन्ने ठाउँमा कार दुर्घटनामा परेका हुन् । काम सकी थापा साथी नवराज न्यौपाने र विनोद बिकसँग बाहिर निस्किएका थिए ।
बेलुकाको पार्टीमा खानपिन गरी फर्कने क्रममा मध्यराती रोकिएको ट्रकमा कार ठोक्किएको उनी सँगै रहेका साथीले बताए । उक्त दिन कार नवराज न्यौपानेले चलाएका थिए भने सो कार विनोद बिकको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ । चालक नवराज न्यौपानेसहित सवारि साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । संगै सवार नवराज न्यौपाने र विनोद बिकको अवस्था भने समान्य रहेको छ । थापाको सब नजिकैको अस्पतालमा राखिएको छ ।
मृतक थापा मत्स्यपालन भिसामा कोरिया आएको केही महिनामै अवैधानिक भएका थिए भने हाल एक मोबाइलको खोल बनाउने कम्पनीमा काम गर्दै आएका थिए ।