Showing posts with label amazing. Show all posts
Showing posts with label amazing. Show all posts

Friday, September 6, 2013

लो के सुन्नु परेको ! एक वर्षकी बालिकाले बच्चा जन्माइन्

२१ भदौ, कालिका ।
सुन्दै आश्चर्यमा पर्नुहुन्छ होला तपाई, एकवर्षकी बालिका गर्भवती भएको यो घटनाले । तपाई जस्तै आश्चर्यमा पारेको थियो, यो समाचार लेख्नेलाई पनि यो समाचारले । तर समाचार सत्य भएपछि पत्याउनै करै लागेको छ ।

तर यो समाचार भित्रको रहस्य भने अलिकति फरक छ । घटना चीनको हो । विश्वकै ठुलो देश चिनमा घटना भनि विश्वमै नभेटिने दर्लभ घटिरहेका छन् ।

चीनमा एक बालिकाको पेट दिनप्रति दिन ठुलो हुँदै गयो । केही समयसम्म केही रोगले होला भनेर बसेका बालिकाका बाबा आमा त्यतिखेर आत्तिए जतिखेर बालिकाको पेट गर्भवती महिलाको जस्तै ठुलो भयो र पेटभित्र बच्चा भएजस्तो लाग्यो । अनि आत्तिएका बालिकाको परिवारले उनिलाई अस्पताल लग्यो र परिक्षण गर्यो ।

डाक्टरहरु परिक्षण पछि आश्चर्यमा परे । घटना सुनेपछि बालिकाको परिवार र सिँगै चिन आश्चर्यमा पर्यो । कारण बालिकाको पेटमा बच्चा हुर्किरहेको भेटियो । तर घटना भने अलिकति रहस्यको रहेछ । चिकित्सकहरुका अनुसार बालिका गर्भवती भएको घटना सत्य हो । तर उनि कसैको सहवासबाट गर्भवती भएको भने होइन ।

चिकित्सकहरुका अनुसार बालिकाको गर्भमा अरु कोही नभएर उसको जम्लिएको भाइ बसेको थियो । बालिका आमाको गर्भमा हुँदा आमाको अर्को भ्रुण रहन जाँदा बालिकाको पेटमा त्यो भ्रुण पर्नगई बालिकाको पेटमा भाइ हुर्र्किएका थिए । यो संसार कै निकै दुर्लभ घटना भएको डाक्टरहरुले बताएका छन् । यो घटना संभवत विश्वकै नौलो भएको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुले सुरक्षित रुपमा बालिकाको पेटबाट भ्रूणलाई बाहिर निकालेको छ । साथै बालिकाको अवस्था पनि सामान्य रहेको बताइएको छ ।

Friday, July 5, 2013

श्रीमतीको शवलाई १० वर्षम्म अँगालो मार्ने यी हुन् कलियुगका महादेव (फोटोफिचर सहित

स्वस्थानी व्रतकथामा महादेवले सतीदेवीको शवलाई काँधमा बोकेर संसार घुम्न हिँडेको कथा आउँछ । यो कथा सुन्दा पत्याउन गाह्रो पर्छ, किनकी चाहे जतिसुकै प्रिय मान्छे नै किन नहोस् मरेपछि उसको अन्त्यष्टि गर्नु निर्विकल्प बाटो हो, न की उसको शवलाई बोकेर वा सजाएर राख्नु । तर महादेव र सतीदेवीको त्यो अनौठो कथानकलाई सम्झाउने गरी एक व्यक्तिले आफ्नी श्रीमतीको शवलाई दश वर्षेखि आफ्नै साथमा राखेका छन् र रातमा सुत्दा श्रीमतीको शवलाई अँगालो मारेर सुत्ने गरेका छन् ।
1
आफ्नी श्रीमतीको शवलाई यसरी वर्षौँसम्म पनि सँगै राखेर, अँगालो मारेर प्रेमको अनौठो उदाहरण दिने व्यक्ति भियतनामका ले वेन हुन् । कुआंगा नेम प्रान्तका ती ५५ वर्षा पुरुषले आफ्नी श्रीमतीको शवलाई माटोले पोतेर माटाको गुडियाजस्तै बनाएका छन् र पलङमा सुताएका छन् ।
2
ती पुरुष मात्र होइन उनका छोराले पनि आफ्नी मृत आमाको शवलाई हरेक रात सुत्न जानुभन्दा पहिले अंकमाल गर्छन् । ती महिलाको मृत्यु सन् २००३ मा भएको थियो । श्रीमतीको मृत्युपछि ती पुरुषले आफ्नी श्रीमतीको शवलाई परम्परा अनुरुप नै चिहानमा गाडे । तर उनलाई श्रीमतीको यादले यति धेरै सतायो की केही समयपछि उनले श्रीमतीलाई गाडेको चिहान खोतले र श्रीमतीको कुहिएर बचेको अस्थिपञ्जर सहितको शवलाई बोकेर घर ल्याए । घर ल्याएपछि त्यसमा माटोले लपेटे अनी मान्छेको मर्ूर्ति जस्ता आकारमा ढाले ।
4
ती व्यक्तिले आफु एक सामान्य व्यक्ति रहेको र श्रीमतीको शवसँग सुत्दा कुनै डर महसुस नहुने बताउँछन् । विचरा ती पुरुष श्रीमतीको मायाले पिरोलेपछि चिहानबाट श्रीमतीको शव निकालेर १० वर्षेखि घरमा राखिरहेका छन् तर उनी कानूनको कठघरामा उभिनुपर्ने भएको छ । उनमाथि शवलाई घरमा राखेको आरोप छ । त्यहाँको कानून अनुसार मान्छेको शवलाई लामो समयसम्म घरमा राख्न पाइँदैन ।
5
उनले हरेक दिन बिहान आफ्नी श्रीमतीको शवलाई सफा गर्छन् । राम्रा राम्रा कपडा लगाइदिन्छन् । श्रीमतीले जिउँदो छँदासम्म राम्रा कपडा लगाउन नपाएको गुनासो छ उनको । त्यसैले एक दिनमै २ थरी राम्रा राम्रा कपडा लगाइदिन्छन् श्रीमतीको शवलाई । उनलाई मान्छेले यस्तो पागलपना नदेखाउन कैयौपटक सुझाव दिए । तर ती व्यक्ति मान्ने वाला छैनन् । आफ्नी श्रीमतीको मृत्यु भएपनि श्रीमतीको आत्मा नमरेको ठहर उनको छ ।

Thursday, July 4, 2013

अनौठो परम्परा जहाँ महिलाको बिहे भूत संग हुन्छ



विश्वका केही आदिवासी समुदायमा निकै अनौठो परम्परा हुन्छ जो सुन्दै अचम्म लाग्छ । यस्तै अचम्म लाग्दो परम्परा अफि्रकी मुलुक केन्याका केही आदिवासी समुदायमा छ । ती आदिवासीहरुमा विवाह भएको एक महिनासम्म दुलाहाले दुलहीका कपडा लगाउनुपर्छ र स्वास्नीका कपडा लगाएरै हिँडडुल तथा आफन्तसँग भेटघाट गर्नुपर्छ ।



वास्तवमा एक पुरुषलाई महिला भएर जिउनु कति कठीन हुन्छ भन्ने कुराको महसुस गराउन यो परम्परा बसालिएको विश्वास गरिएको छ । तथापि यो समुदायका महिलाहरु निकै शोषित पीडित छन् । सानै उमेरमा उनीहरुको निकै पाका उमेरका पुरुषसँग बिहे हुन्छ । छोरी बिहे गरिदिएबापत बाउआमाले मोटो रकम पाउँछन् । बिहे गरेर लगेपछि त्यो पाको मान्छेले आफ्नी दुलहीलाई मनले चाहेको गर्न पाउँछ । यतिसम्मकी पत्नीले अरु कसैमा आँखा नलगाओस् भनि उनको योनीलाई समेत क्षतविक्षत पारिदिन्छ ।


यो आदिवासी समुदायमा पुरुषलाई धेरै जनामहिलासँग बिहे गर्ने र उनीहरुलाई आफ्नो इच्छा अनुसार भोग गर्ने छुट छ । पत्नीलाई पतिले बच्चापाउने मेसिनजस्तै गरी उपयोग गर्छ ।

केन्याको युकामबानी क्षेत्रस्थित एक आदिवासी समुदायमा महिलाहरु भुतकी पत्नी बन्ने अनौठो परम्परा पनि छ । खासगरी ३० वर्ष उमेर नपुग्दै मरेका पुरुषहरुको नाममा बिहे गरिदिने चलन छ ।


त्यसरी मरेका मान्छेको पत्नी बन्ने महिलालाई मुलेवा भनिन्छ । मुलेवाले आफुले बिहे गरेको भनिएको त्यो मृत मान्छेलाई कहिल्यैपनि भेटेकी हुँदैनिन् परन्तु उसको आत्मा जिउँदै रहेको र कुनै दिन भेट्ने विश्वास रहेको हुन्छ । अनौठो कुरा त के भने मरेको मान्छेसँग बिहे गर्ने ती महिला अर्थात् मुलेवालाई अन्य पुरुषसँग सम्भोग गरी बच्चा पाउने छुट छ । तर उनीबाट जन्मिएको बच्चाको बाउ भने त्यहीँ मरिसकेको मान्छे नै हुन्छ ।

अनौठो परम्परा जहाँ महिलाको बिहे भूत संग हुन्छ


बिहेको तीन दिनमै श्रीमान भागेपछि दुलही अलपत्र

पर्वत, असार १४ – संगै जिउने र मर्ने कसम खाएका श्रीमानले छाडेपछि अन्तरजातीय बिबाह गरेकी एक दलित युबती अलपत्र परेकी छन् ।

ब्राह्मण युबासंग तीन हप्ता पहिले बिहे गरेकी चित्रे गाविस ५ की अनिता बिक श्रीमानले छाडेर भागेपछि अलपत्र पर्नुभएको हो ।

अनिताले तिलहार गाबिस–६ डिमुवाबजारका रामचन्द्र सुबेदीसंग जेठ २४ मा बिबाह गर्नुभएको थियो । बिबाहको तीन दिनपछि श्रीमानले अलपत्र छाडेर भागेको भन्दै अनिता न्याय माग्न बिभिन्न निकायमा धाउनुभएको छ ।

उहाँले न्याय दिलाउन दलित बर्ग उत्थान समन्वय समिति र दलित साझा मञ्चमा निबेदन दिनुभएको छ । त्यसैगरी प्रहरीमा दिएको निबेदनमा पनि श्रीमानले बेवास्ता गरी भागेर अन्याय गरेको बताउनुभएको छ ।

मंसिरदेखि बसेको प्रेमलाई जेठ २४ गते बिबाहबाट बैधानिकता दिएपछि उनीहरु बाजुङमा डेरा गरेर संगै बस्दै आएका थिए ।

तर आफन्तले झुक्याएर घर लगेपछि सुवेदी नफर्किएका बिकको भनाई छ । सुबेदी बाजुङ्गको एक निजी बिद्यालयमा शिक्षक हुनुहुन्थ्यो ।