Showing posts with label helth. Show all posts
Showing posts with label helth. Show all posts

Monday, December 23, 2013

योनिको बाहिरी छाला किन कालो हुन्छ ? हेर्नुहोस एक रोचक तथ्य

योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो  सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ?े
गि.
योनिको बाहिरी भाग के हो ? 
महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग मानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील  हुन्छन्। त्यसमध्ये केही प्रमुखका बारेमा छोटो चर्चा गरौं।
भगक्षेत्र
पुरुषको तुलनामा महिलाका यौनअङ्गहरू बाहिरबाट हेर्दा त्यति स्पष्ट हुँदैनन्। झट्ट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिएको जस्तोमात्र दे खिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै सबैजसो अन्य अङ्ग हुन्छन्। युवतीहरूमा यही भगको माथिपट्ट िबोसोयुक्त  तन्तुले बनेको क्षेत्र हुन्छ, जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको यस भागलाई अंगे्रजीमा mयलक उगदष्क  -मोन्स प्यूविस) भनिन्छ। हामीले युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा  योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।
ठूलो भगोष्ठ ः यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो। यसमा दायाँ-बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्। यी ठूला भगोष्ठह रूलाई बाहिरतिर फर्काउनाले दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देखिन्छन्। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र  एक किसिमले सुरक्षा प्रदान गरेको हुन्छ। यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक-अर्कामा जोडिएका हुन्छन्। यी भगोष्ठको  आकृति व्यक्ति-व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ। यी दुवै भगोष्ठ यौन संवेदनशील र उत्तेजनाका बेला सामान्य अवस्थाकोभन्दा  केही ठूला हुन्छन्।
भगांकुर ः महिला शरीरमा भएको यो नै सायद सबैभन्दा महत्त्वपूर्ण यौनअङ्ग हो। यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँनिर भगोष्ठ दुवै तिरबाट एक-आपसमा जोडिन्छन्। यो अंगको काम  महिलालाई यौनसुख दिनु नै भएको देखिन्छ। स्पर्श गर्दा वा यौन उत्तेजनाका बेलामा  आकारमा तुलनात्मक रूपमा निकै सानो हुने भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ।
योनि ः भगक्षेत्रमा दुईवटा द्वार -प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ, त्यसको मुनितिरको अर्को प्वाललाई योनिद्वार  भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। यो मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इन्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका  भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वारनजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ, जसलाई योनिच्छेद -जymभल,  हाइमेन) भनिन्छ।
यो किन कालो भएको होला ?
तपाईंले योनिलाई भन्नुभएको त पक्कै होइन होला, किनभने योनिद्वार मात्र बाहिरतिर हुन्छ। पक्कै तपाईंले भगोष्ठको कुरा गर्नुभएको हुनुपर्छ।  हाम्रो बाहिरी छालाको रङ्ग फरक हुने जस्तै भगक्षेत्र तथा भगोष्ठको रङ्ग पनि फरक-फरक हुन्छ। तपाईंको छालाको रङ्गअनुसार यी फरक-फरक  हुन सक्छन्। उदाहरणका लागि प्याजी, रातो, गुलाबी, खैरो वा कालो-कालो र यी सबै सामान्य हुन्। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले  यौनाङ्गमा उष्gmभलतबतष्यल मा केही परिवर्तन आउने भएकाले केही गाढा हुन्छ। के कुरा पक्का हो भने यौन उत्तेजना हुँदा उक्त क्षेत्रमा बढी  रक्त प्रवाह हुने भएकाले यो बढी गाढा रङ्गको देखिन्छ, तर यौनसम्पर्क गरेका कारण नै यो सधैं कालो हुने होइन। अनुहारको छालाको रङ्ग श्र ृंगार गरेर परिवर्तन गरेजस्तै भगक्षेत्रको रङ्ग परिवर्तन गर्ने एक सजिलो उपाय श्रृङ्गार गर्नु हो, तर अनुहारजस्तो यसलाई देखाएर हिँड्नु नपर्ने  भएकाले यसको रङ्ग परिवर्तन गर्नु तथा रङ्गका बारेमा चिन्ता लिनु आवश्यक छैन। शंका लागे चिकित्सकसँग परीक्षण गराउनु बेस नै हुन्छ  होला।
my-vegina
उमेर ३० वर्ष। उचाइ ५ फिट ४ इन्च, तौल ६५ किलोग्राम। लक्षण- आठ-नौ महिनायता एकदमै चाँडो-चाँडो पिसाब लाग्छ, सामान्यतः भोक  लाग्ने, मुख सुक्ने, कमजोरी भएजस्तो हुने, निकैबेर एकैठाउँमा बसे खुट्टा झमझमाउनेजस्ता लक्षण देखा पर्छन्। त्यसैगरी कहिलेकाहीँ छाती  दुख्ने, मिर्गाैलाको अगाडिको दायाँ भाग र पछाडिको बायाँ भाग पनि दुख्ने गरेको छ। एक महिनापहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य  विज्ञान प्रतिष्ठानअन्तर्गतको प्ज्म्ऋ पोग्राममा मिर्गार्ैला, मुटु, रगत, पिसाबहरू चेकजाँच गराउँदा सबै नर्मल पाइयो। तैपनि पुनः मैले प्रतिष्ठानकै  चिकित्सकसँग परामर्श गरी अर्का डाक्टरसँग परामर्श लिँदा मधुमेह चेकजाँच र टिएसएच र पिसाब चेक गराउनुस् भनेपछि सोहीअनुरूप ज ँचाए। रिपोर्टअनुसार पिसाबमा नेगेटिभ, आल्वुमिन पनि नेगेटिभ पाइयो। त्यसैगरी मधुमेहका लागि ाब्क्त्क्ष्ल्न् र एए मा गराइएको रगत चेकजा ँचबाट रिपोर्टअनुसार ाब्क्त्क्ष्ल्न् मा ७६ पाइयो भने एए मा १ सय पाइयो। त्यसैगरी टिएसएचको रिपोर्टमा १ दशमलव ७५ भएको पाइयो। यो  चेकअप २०६७ चैत २२ गते गराएको हो। चिकित्सकहरूका अनुसार यो सामान्य होे। सामान्यतः हरेक दिन म ४ देखि ६ लिटर पानी पिउँछु।  पानी पिएअनुसार धैरै पिसाब लाग्नु सामान्य  भएको चिकित्सकको भनाइ छ। म आफ्नो स्वास्थ्यप्रति एकदमै गम्भीर छु। करिब दुई वर्षअघि  पनि मधुमेह जाँच गराएको थिएँ। त्यो बेला पनि नर्मलै पाइयो। त्यसपछि बारम्बार मैले स्वास्थ्यको हिसाबले सुगरलगायत अन्य चेकजाँच पनि  गराएको छु। सबै कुरा नर्मल छ, तर पनि माथिका समस्याहरू बारम्बार आइरहनुले मलाई अन्य कुनै रोग त लागेको छैन ? मैले कुन जाँच  गराउनु राम्रो होला ? म अहिलेसम्म धूमपान, मद्यपान र तयारी डिब्बाबन्द जुसलगायतका कुराबाट पनि टाढा छु। यति हुँदाहँुदै पनि विभिन्न  समस्या भैरहँदा कहिलेकाहीं अन्य कुनै रोग त लागेको छैन भन्ने पनि डर लाग्छ। अर्को कुरा, हाम्रो परिवारमा कसैलाई पनि मधुमेहलगायतका  दीर्घरोग भएको थाहा छैन। यसका लागि मैले कस्तो चेकअप गराउनु उपयुक्त होला 

Tuesday, October 1, 2013

मोबाइल चलाउनु हान्छ भने होसीयार यो ध्यान दिएर पढ्नु होला



मैले जानकारी गराउन खोजेको कुरा ध्यान दिएर हेरिदिनु होला
मोबाइल हामि सबै लाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोग ले हामि लाइ के कस्ता आपत हरु आइपर्छन एक पटक राम्ररि पढ्नु होला र सबै लाइ यो आफ्नो आफ्नो वाल मा सेयर गरेर जानाकारी गराउनु होला
हरेक मोबाइल ले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ जुन क्यान्सर को प्रमुख कारण बनेका छन्
जसरि माइक्रो वेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ
कान मा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन्
खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन्
मोबाइल नभइ नहुने साधन भएको छ तर पनि केहि बिचार पुराउने तपाई हाम्रो काम हो
निम्न कुरा हरु ध्यान दिनु होला

1. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ

2. मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ

3. सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ

4. सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ

5. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट प्रयोग गर्नुस

6. कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस

7. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुस
साना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस्

8. सकिन्छ भने घर मा फोन राख्नुस म मोबाइल चलाउदिन भन्नु गर्ब को कुरा हो किन कि मगन्तेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन्

9. बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस
---------------------------------------------------------------

Thursday, July 18, 2013

भिरिंगी के हो रोकथाम को उपाय

भिरिन्गी रोग संसारभरी पाइने यौन रोग हो ! यसलाई यौन रोग पनि भनिन्छ, किनभने यो रोग प्राय: बेश्यावृत्ति र असुरक्षित यौनसम्पर्कबाट सर्दछ ! युवा अवस्थाका पुरुष महिलाहरु बढी यौन क्रियाकलापमा लाग्ने भएकाले प्रायजसो सो उमेरका युवाहरुलाई यो रोग लाग्ने गरेको पाइन्छ ! यो रोग लागेपछि प्रायले गोप्य राख्छन ! यासरी गोप्य राख्दा रोगको स्तिथि झन्झन् चर्को भएर जान्छ ! यस रोग थाहा नै नभैकन सुरु हुन्छ ! उसले आफु स्वस्थ भएको ठानी यौन क्रियाकलापमा लाग्ने गर्दा थाहा नै नभैकन अरुलाई सर्ने भएकाले यो रोग अत्यन्तै खतरनाक पनि देखिन्छ ! यो रोग भिरिन्गी सुत्लो (Treponema pallidum) भन्ने जीवाणुको कारणद्वारा लाग्छ ! यी जीवाणु बिरामीको यौनिरसको साथै विर्य, रगत थुक आदिमा पनि पाइन्छन ! यो रोगको संक्रमणकाल १० दिनदेखि ९० दिन सम्म हुन्छ ! यो रोगको उपचार नभएको खण्डमा यो रोग विभिन्न अवास्थाबता गुज्रने गर्दछ !रोग सर्ने तरिका: यो रोग लागेको व्यक्तिबाट रक्तदान लिएमा रगतको माध्यमबाट सर्दछ.यौनसम्पर्क, चुम्बन, स्तनपान प्रतक्ष्य सम्पर्क आदिबाट पनि यो रोग सर्दछ.विरामीले पर्योग गरेका सामग्री तथा लुगाफाटाहरुमा जीवाणु हुने भएकाले त्यसबाट पनि सर्दछ.गर्वती महिलालाई भिरिन्गी भएमा, उनको पेट भित्रको बच्चालाई पनि सर्न सक्छ. यस रोगका लक्षणहरु निम्नलिखित छन्: भिरिन्गीको प्रारम्भिक अवस्थामा बिरामीका शरीरमा कडा खालको नदुख्ने दाना हरु निस्कनछन् पछी ति दानाहरु फुट्छन् र घाउ हुन्छ ! यस्तो घाउ पिप नभएको हुन्छ ! निकोभएपछी यो खटिराको खत रहदैन बाहिरी जननेद्रियको कुनैपनि ठाउँ, मलद्वार आदिमा प्रारम्भिक भिरिन्गिका लक्षणहरु देखा पर्न सक्छन ! भिरिन्गिको दोस्रो अवस्थामा गिर्खाहरू ठुला भएर आउने तर नदुख्ने हुन्छ ! छालामा गुलाबी रंगको डाबर वा फोका देखा पर्ने हुन्छ ! ति दानाहरु नदुख्ने वा नाचिलाउने भएकाले बिरामीले थाहा नपाउन पनि सक्छन !एक दुई महिना पछी फोकाहरू शरीरको सबै भागमा देखा पर्दछन ! टाउकामा पनि यस्ता फोका हरु आउने भएकाले केश झर्न सक्छ !त्यसपछी लिंगमुन्ड, मलद्वार, योनी, कास, काखी स्तनको भित्रि भाग जस्तो न्यानो ठाउमा भिरिन्गिका फोका हरु फैलदै जान्छन ! यो अवस्थामा सबैभन्दा सरुवा अवस्था भनिन्छ !भिरिन्गिले हाडमा समेत असर पर्ने भएकाले सानो चोट लाग्दा हाड भाचिन पनि सक्छ ! भिरिन्गी महिलाले जन्माएको नवजात सिशुलाई पनि २ देखि १० भित्रमा देखा पर्छ ! bhiringe

Tuesday, October 23, 2012

गुप्ताङ्गको सफाई

१. पिशाव फेरी सकेपछि सफा पानीले चिप्लो पदार्थ नगएसम्म मिची मिची धोएर ट्वाईलेट पेपरले योनी (लिङ्ग) पुछेर ओभानो पार्नुहोस् । २. गुप्ताङ्गको छेउछाउ टाइट कपडा, फोहोर, गन्ध, केमिकलयुक्त सावुन सर्फ जस्ता पदार्थ प्रयोग नगर्नुहोस् । ३. गुप्ताङ्गमा हावा जरुरी छ । खुला कपडा प्रयोग गर्नुहोस् । ४. महिला महिनावारी भएको समयमा प्याड छिटो छिटो फेर्नुहोस् । चिसो र भिजेको कपडाबाट योनी जोगाउनुहोस् । योनी सधैं सफा र ओभानो राख्नुहोस् । ५. कट्टु (पेन्टी) टाईट नलगाउनुहोस् । (महिला) जरुरी मात्र लुज र सिल्कको पेन्टी लगाउनुहोस् । ६. सम्भोग गरीसकेपछि टुक्रुक्क बसेर योनी (गुप्ताङ्ग) धोएर ट्वाईलेट पेपरले पुछेर ओभानो पार्नुहोस् । ७. नुहाई सके पछी दिशा, पिशाब धोई सके पछी २ पसर मिनेरल वाटरले गुप्ताङ्ग र मलद्धार पानीले पखालेर पुछ्नुहोस् ।

UTI भनेको के हो र यसबाट कसरी बच्न सकिन्छ ?

UTI भनेको के हो र यसबाट कसरी बच्न सकिन्छ ? परिचय :- Uranary system (मुत्र प्रणली ):- हाम्रो शरीरमा विभिन्न मध्यम (पनी,फल्फुल ,अन्न )बाट लिएको पदार्थ र विकार बस्तु urea cretinine Uric acid पिसाबको रुपबाट बाहिर फ्यक्ने प्रक्रियलाई नै मुत्र प्रणली भनिन्छ । kidney, Ureter, Urinary blader, र urethra लाई Urinary Tract (मुत्र मार्ग ) भनिन्छ । यदी कुनै शुक्षम जिबाणु बाट मुत्र मार्ग को infection (संक्रमण )लाई नै Urinary Tract infection (UTI) भनिन्छ । कारणहरु ( cause of The UTI ) :- विभिन्न प्रकारका जिवणुहरु E.coli,(75%)Entero cocci, strepto cocci, staphylo cocci, pseudomonas, pruteus, र Klebsiella हरु हुन । यस मध्य E.colli भन्ने जिवणु दिशमा म पाइने हुनाले यसबाट संक्रमण हुने खतरा धेरै हुन्छ । दिशपिसाब गर्ने समयमा मुत्रमार्ग र मलद्वर को दुरी कम भएकाले सक्रमणको खतरा हुन्छ । यसको साथै मुत्र मार्ग सक्रमण हुनको लागि विभिन्न तत्व हरुले पनि सहयोगको भूमिका पुर्याउछ :- मधुमेह ( Daibetes मेल्लितुस्)को रोगीहरुमा पिसब धेरै लाग्ने र पिसाबमा चिनी को मात्रा बदने भयकाले सक्रमणको खतरा हुन्छ । pregnency महिला हरुमा पनि होर्मोनको परिवर्तन हुनेभयकाले मुत्रमर्ग को सक्रमण हुने खतरा धेरै हुन्छ । UTI पुरुष भन्दा महिला हरुमा हुने खतरा धेरै हुन्छ किन्भने मुत्र मार्ग र मलद्वार को दुरी छोटो हुन्छ । UTI बच्चा र बुदापाका हरुमा सक्रमण हुने खतरा धेरै हुन्छ। haematogenous spread (रगतमा भाएको सक्रमण ) को कारण ले पनि मुत्र मार्गको सक्रमण हुन्छ । Reflux Uropathy यसमा पिसाब गरि सकेपछी मशपेशी पर्दाले बन्द हुनुपर्छ तर कुनै कारण बश यो प्रक्रिया नभयमा पनि मुत्रमार्ग को सक्रमण हुने खतरा हुन्छ । साथै मुत्रमार्गमा कुनै स्टोन र तुम्मेर भएको छा भने पनि सक्रमणको खतरा हुन्छ । खासगरी मुत्रमार्गमा सक्रमण गर्ने प्रमुख तीन बाटो छन :- १. छालामा भएका किताणुहरु मुत्र मार्ग हुँदै मिर्गौल सम्म आइपुग्न सक्छन । २. नजिक अंगमा सक्रमण भएएमा किताणुहरु मुत्रमर्गमा जना सक्छन । ३. रगत म सक्रमण भयो भने मुत्रमर्गमा जाने सम्भबन हुन्छ । लक्ष्यण तथा चिन्नहरु :- कुन ठाउँमा संक्रमण गर्‍यो त्यहि अनुसार लक्षण देखपर्छन । मिर्गौलको सक्रमण भएएमा :- ज्वरो सँग कम्पन आउँछ ,कम्मरको एकतिर वा दुबैतिर दुख्छ ,घरी घरी पिसब लाग्छ ,पिसब फेर्दा दुख्छ ,धमिलो पिसब आउनु ,पिसबमा पुरै रगत देखा पर्नु ,पिसब गरेपछी पनि पिसब गरु गरु लाग्छ र झडापखाल तथा बन्ता पनि हुने गर्छ ।चिन्ह हरुमा :- Tempreture बडेको, pulse rate बडेको पाईन्छ । मुत्र थैली संक्रमण भएमा :-अरु सबै उस्तै लक्षण हरु देखा पर्छ साथै पिसब थैली माथि दुखाइ बद्छ र पिसब लागे पछि रोक्न्न सकिदैंन /मुत्र मार्गमा सक्रमण ( Uretharities ):- सबौ उस्तै लक्षण हरु देखा पर्छन तर मुत्रमर्ग म सक्रमण भएएमा मुत्रनली बाट पिप आउन सक्छ ।यदी महिलाहरुमा UTI भएमा महिनबारी नियमित नहुन सक्छ र तल्लो पेट अत्यधिक दुखने हुन्छ । Treatment ( उपचार ):- यदि कुनै ब्यक्ति वा महिलालाई UTI भएमा अरुलाई भन्नको लागि हिच्किचाउने ,लजाउने र लुकायर राख्ने गरिन्छ ताकि पछि गएर घातक बन्न सक्छ । UTI भएमा सधारण औषधी खाएर बस्नु भन्दा प्रयोगसाला उप्लब्ध भएको सुबिधा सम्पन्न हस्पिटलमा जाँच गराउनु धेरै राम्रो हुन्छ किन भने पिसाब जाच गर्दा कुन जिबणु वा किटणु ले सक्रमण गरेको भन्ने थाहा पाएर उपचार गर्न सजिलो हुन्छ /यसरी उपचार गरएमा एकै पटकमा रोग पत्ता लगाउन सकिन्छ ।यदी सुबिधा सम्पन्न हस्पिटल छैन् भने लक्षण अनुसार उपचार थाल्नु पर्छ ।यदी ज्वरो अएमा tab- Paracetamol 500mg तिनपटक दिनमा दिन्सकिन्छ । कुनै एउटा एन्टिबायोटिक दिन सकिन्छ ।जस्तै :- tab- Norfloxacin 400mg दिनको दुइपटक दिने or tab- Ciproflaxacin 500mg दिनको दुइपटक दिने or tab- Nitrofurantin 100mg दिनको तिनपटक दिन सकिन्छ । यी मथिका Antibiotic मध्य कुनै एउटा चलाउन सकिन्छ । दुखै धेरै छा भने tab- Buscopan 10mg आबस्यक्त अनुसार दिन सकिन्छ ।पिसाब गर्दा पोल्छ भने potasium powder लाई पनि घोलेर दिन सकिन्छ ।विरामीलाई रोक्थामको लगी उपाय अपनाउन लगाउनु पर्छ । जस्तै :- पनि वा झोलिलो पदर्थहरु धेरै खुवाउने ,मुत्रमार्गको सरसफाइ राख्ने ,योन संपर्कमा कोन्दोम प्रयोग गर्ने ,योन संपर्क पछि र योन संपर्क अगी पिसाब फेर्न लगाउने ,योन अंङग सफा गर्न लगाउने र दिसा पिसाब गर्दा मल्द्वार को सफा गर्दा होसियरी का साथ गर्नु पर्छ ताकि दिसा म पाइने जिबाणु मुत्र मार्गमा नाओस /यसरी मुत्र मार्गको सक्रमण भएएमा समयमा स्वास्थ्य कर्मीलाई देखाई सल्ल्ह लिनु पर्छ नकी ठीक भैहाल्छ भनेर बस्नु हुदैन ।

GASTRITIS ( अमल्पित्त ) भनेको के हो र यस बाट कसरी बच्न सकिन्छ ?

GASTRITIS ( अमल्पित्त ) भनेको के हो र यस बाट कसरी बच्न सकिन्छ ? GASTRITIS ( अमल्पित्त ):- Gastric = stomach (आमाशय) Itis = Inflammation (शोथ ) stomach को पर्खाल ( inner wall )मा रहेको कोष मुकोसा को inflammmation (शोथ ) हुनुलाई GASTRITIS भनिन्छ । यदि अमलपित्त भयो भने पेटको मथिल्लो विच भाग ( epigastric region )मा दुख्ने वकवाकी लाग्ने मुखमा अंइलो पानी आउने ,रिङटा लाग्ने ,कम्जोरी हुने जस्ता लक्ष्यण हरु देखा पर्दछन /जुन मानिस हतार हतारमा काम गर्ने ,आनिबानी र खानाले गर्दा GASTRITIS हुने सम्भाबना हुन्छ । हामी नेपालीहरुमा प्राय : सबै म देखिने स्वास्थ्य समस्या हो । आमशयको कोष ( musosa) को hydrochloric Acid सँग को लामो समय सम्म असन्तुलन भयो भने GASTRITIS हुन्छ ।आमशयमा अस्थयी रुपमा भन्डरण गरि टुक्र्याउनको लागि hydrochloric Acid को अत्पादन हुन्छ कारणबश धेरै उत्पादन भइ आमशयको पर्खलमा क्ष्यती पुग्न गयो भने GASTRITIS हुन्छ । आमाशयको पर्खालमा रहेको कोष ( Epithelium cell )ले carbonet निकाल्छ जस्ले acid लाई हटाउने काम गर्छ ।यदी त्यहाँ कोष हरु नस्ट हुनगएमा चाँडो चाँडो नयाँ कोष बन्दछ । प्राय : stomach म रगतको पुर्ती पनि धेरै हुने गर्दछ /यसै गरि यी सबै कुराको असन्तुलन हुन गएमा मानिस लाई gastritis हुने गर्छ । खसगरी gastritis दुई प्रकारको हुन्छ :- I. Acute gastritis (आकस्मिक हुने अंमलपित्त ) II. Chronic gastritis ( लामो समय देखि भएको अंमलपित्त) I. Acute gastritis (आकस्मिक हुने अंमलपित्त ):- आमाशयको पर्खालमा भएएको कोषमा एक्कासी ( Acute ) inflammation हुनुलाई Acute gastritis भनिन्छ । जसमा पेटको मथिल्लो विच भागमा दुख्ने वाक वाक लाग्ने ,रिङाटा लाग्ने र बन्ता लछण देखा पर्छ / कारणहरु :- - बेचैनी ( Anxiety) -चिन्त ( stress ) - डर ( fear ) - संघात ( shock ) कडा चोट ( severe trauma ),पोलाई ( Burn ) - अप्रेसन गरेपछी ( post operation ) - रगतको पुर्ती कम हुनु ( Ischaemia ) - उत्तेजना ( Irritation ) - रक्सी र केही खतरा औषधी हरुले ( alsohols, NsaiD drugs ) - हेलिकोबेक्तोर पैलोरी भन्ने जिबाणु ले गर्दा ( Hilicobacter pylori ) - चिल्लो पिरो अंमिलो र सुख्खा खानाले गर्दा ( Fatty, चिल्ल्य्, dry, spicy foods ) लक्ष्यण हरु ( Symptoms ) :- - कहीले काही रगत बन्ता हुन सक्छ । - वाक वाकी लाग्नु ( Nausea ) -बन्ता हुनु ( Vomiting ) - पेटको मथिल्लो विछ भागमा दुख्छ । - मुखबाट अंमिलो पानी आउछ ( water brush ) - ढकार आउछ ( Burping of air ) जाँचपड्ताल ( Investigation ):- दिशा चेक गर्दा ल्यबमा अल्सर भएएको छ भने थाहा हुन्छ । माथिल्लो पेटको GI endoscopy गरेर हेर्दा पनि Gastritis भएएको थाहा हुन्छ । उपचार ( Treatment ):- - कारणहरु लाई पत्ता लगाएर हटाउने । - झोलिलो खाल्को खान दिने ( liquid diet ) - थोरै थोरै खाने तर धेरै धेरै पटक खाने पेट खाली नरख्ने - पिरो अंमिलो, मसलेदार,चिन्ता र हतार बाट सजग गराउने । - खानामा प्राय: जाउलो दिने नीको नभए सम्म । - आब्श्याक परेमा जीवन शैली बदल्ने । - बेलिकी खान काम खाना खाने र सुत्नु भन्दा २ घण्टा पहिला नै खाना खाने । - यस समस्या को लागि नियमित औषधी खाने । - अन्तकिद्स जस्तै :- Aluminium hydroxide र Magnesium trisilicate मिसिएको झोला औषधी दिने - 10ml- 15ml दिनको तिन पटक । - पेट दुखाइ काम गर्न ( Antispasmodic ) दिने । जस्तै :- Hyoscine 10mg आबश्यक परेमा / - वाक वाकी र बन्ता रोक्नको लागि एन्टीइमिटिक ( antiemetic ) औषधी दिने :- Domperidone 10mg आबश्यक्ता अनुसार दिने /

Sunday, October 14, 2012

सास गन्हाउँछ ? त्यसोभए यसो गर्नुस्

मुख गन्हाउने अर्थात् सास गन्हाउने समस्याका कारण धेरै मानिस पीडित हुन्छन् । सास गन्हाउने समस्या भएका व्यक्ति अरु व्यक्तिसँग बोल्दा पनि मुख हातले छोपेर बोल्नुपर्ने हुन्छ र ठाडो सिर पारेर बोल्नै गाह्रो हुन्छ । सास गन्हाउने मान्छेको नजिक पर्न अरु मान्छेले पनि रुची देखाउँदैनन् । प्रसस्त पानी पिउनु, नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन सास गन्हाउन रोक्ने केही उपाय हुन् । तर सास गन्हाइहालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्ने चलन छ । तर यस्तो माउथ फ्रेसनरका पनि साइड इफेक्ट हुन्छन् । त्यसै कारण हामीले नकारात्मक असर नपुग्ने गरी सास गन्हाउने समस्यालाई दूर गरी स्वासमा एक प्रकारको खुसबू ल्याउनुपर्छ । यसका लागि यस्ता केही भोजन छन् जसले प्राकृतिक माउथ फ्रेसनरको काम गर्छन् र तपाइँको सास गन्हाउने समस्यालाई दूर गरिदिन्छन् । ती हुन् : १.सुकमेल : भोजनपछि तपाइँले एक सुकमेलको गेडा खाने बानी बसाल्नुहोस् । तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ । २. धनियाको पात : भोजनपछि धनियानको पात चपाउने गर्दा पनि तपाइँको सास फ्रेस हुन्छ र सासको दुर्गन्ध हट्छ । ३.ल्वाङ : वास्तवमा सासलाई स्वच्छ बनाउन वा सुगन्धित पार्न तपाइँ हामी धेरैले ल्वाङ सुकुमेल चपाउने गर्छौँ । ल्वाङ सर्दी भगाउन पनि उपयोगी हुन्छ । ४. पदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो, जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी हुन्छ । पदिनाको पातको नियमित सेवन आवश्यक हुन्छ । ५.सौँफ : यो पनि सासको दुर्गन्ध हटाउन निकै कामयावी हुन्छ र लामो समयसम्म काम गर्छ । ६.अम्बा तथा अनारको नियमित सेवन पनि स्वासलाई स्वच्छ राख्न तथा पाचनप्रणालीलाई नियमित गर्नमा प्रभावकारी हुने बताइएको छ ।

गोलभेँडाले बचाउँछ हृदयाघातबाट

गोलभेँडाको नियमित सेवन मुटुका लागि लाभदायी हुने र यसले हृदयाघात लगायतका मुटुरोगको खतरा कम गर्ने एक अनुसन्धानले देखाएको छ । फिनल्याडमा गरिएको अनुसन्धानले गोलभेँडामा हुने लाइकोपिन नामको तत्वले हृदयाघात तथा मुटु र रगत सम्बन्धि विभिन्न रोगको खतरा कम गर्ने र रक्तसंचारलाई नियमित गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । न्यूरोलोली नामक म्यागेजिनमा छापिएको अनुसन्धान रिपोर्टका अनुसार रगतमा लाइकोपिन नामक तत्व जति बढि भयो हृदयाघातको खतरा उती कम हुन्छ । यो तत्व गोलभेँडाका साथै खरभुजा लगायतका फलमा पनि पाइन्छ । १२ वर्षम्म १ हजार भन्दा बढि मानिसमा गरिएको निरन्तरको अध्ययनपछि यस्तो निष्कर्षनिकालिएको शोधकर्ताहरुको भनाइ छ । शोधकर्ताहरुले गोलभेँडा तथा लाइकोपिन तत्व भएका फलफूल तथा तरकारी नियमित खाने मानिसमा हृदयाघातको खतरा ५५ प्रतिशतले घट्ने दाबी समेत गरेका छन् ।

माइ ब्रदर’ को गतिलो सुरुवात

शुक्रबारबाट काठमाण्डौ बाहिरका ३० वटा स्टेशनबाट एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘माइ ब्रदर’ ले राम्रो सुरुवात गरेको छ । नारायणगढका दर्शकसागै सिनेमा हेरेर निस्किएपछि निर्देशक विष्णु भट्टराइले अनलाइनखबरलाइ प्रतिक्रिया दिदै पारिवारिक सिनेमा भएकाले परिवार र युवायुवती हलमा पुगेको बताए । बुटवलको एक मात्र हलमा सिनेमा लागेपनि दर्शकको माग आएपछि अर्को हलमा लगाउने तयारी भएको उनको भनाइ छ । यसैगरि चलचित्रले पछिल्लो समयमा प्रदर्शनमा आएका सबैजसो सिनेमाको व्यापारलाइ उछिनेको भट्टराइको भनाइ छ । सुमिना घिमिरे, जीवन लुइटेल, लक्की दिपक लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा पारिवारिक तथा सस्पेन्स प्रेम कथामा आधारित छ । यस्तै, काठमाण्डौका हलमा शुक्रबारबाट रोज राणाले निर्माण गरेको चलचित्र ‘म छु नि तिम्रो’ प्रदर्शनमा आएको छ । चलचित्रलाइ मदन घिमिरेले निर्देशन गरेका हुन् । हप्तामा ३ सिनेमा जुधिरहेको समयमा ‘माइ ब्रदर’ र ‘म छु नि तिम्रो’ को सोलो प्रदर्शनलाइ सकारात्मक रुपमा हेरिएको छ । onlinekhabar

Saturday, October 13, 2012

एक जना मानिसको शरिरको तौल ४५० केजी

असोज २७, एक जना मानिसको शरिरको तौल ४५० केजी भन्दा अचम्म लाग्दछ तर मारिया रोजालेसको शरीर देखेर जो कसैलाई अचम्म लाग्न सक्छ । उनको शरीरको तौल ११ सय पाउण्ड अर्थात् ४ सय ५० किलोको छ । उनको यति ठुलो शरिर उनको लागी घाँडो भएको छ । यसै ठुलो शरिरको कारण उनले सन् २००८ मा आफ्नी बहिनीको छोराको मृत्युको कारण आफू भएको दाबी गरेकी थिइन् । त्यतिबेला अमेरिकी मिडियाहरूले रोजालेसलाई ‘हाफ टन किलर’को संज्ञा दिएको थियो ।
त्यतिखेर रोजालेसले उनकी बहिनीको २ वर्षीय छोरा एलिसियो जूनियर गल्तीले आफ्नो शरीरको मुनि थिचिएको बताएकी थिइन्, जसको कारण बालकको मृत्यु भएको थियो । अनुसन्धापछि बालकको मृत्यु थिचिएर नभई चोटका कारण भएको चिकित्सकहरुले खुलासा गरेका थिए । रोजालेसले आफ्नी बहिनीलाई बचाउनको लागि झुठ बोलेकी थिइन् । रोजालेसले आफ्नी बहिनी जेमी रोजालेसले सडकमा बालकलाई पिटेको देखेकी थिइन् । उनले तिनै बहिनीलाई बचाउन झुठ बोलेको बताएकी थिइन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेर सत्य बाहिर आएपछि जेमीलाई १५ वर्षको सजाए भएको थियो र अहिले जेमी जेलमा छिन् ।medianp

एड्सको औषधी केरा

केरा एक स्वादिष्ट फल हो, जुन नेपालका धेरैजसो भू–भागमा उत्पादन हुन्छ । केराको एउटै विशेषता भनेको यसमा अन्य सबै फलमा भन्दा ज्यादा प्रोटिन पाइन्छ । प्रोटिनका हिसावले हेर्दा अण्डा भन्दा केरा उपयुक्त भएको बताइन्छ । २ अण्डामा हुने प्रोटिन एउटै केरामा हुने चिकित्सकहरुको भनाई छ ।
तर, अब भने केरा एचआईभी तथा एड्सी रोगीका लागि समेत फलदायी हुने तथ्य बाहिर आएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य बाहिर आएको हो । हालै संयुक्तराज्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले केरामा पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा समेत प्रकाशित भएको जनाइएको छ । वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु असमर्थ रहेका छन्, तथापी वैज्ञानिकहरुको अनुसन्धान भने जारी छ ।

आँपका ८ फाइदा जानिराखौ

आँपका ८ फाइदा जानिराखौ आपँ तपाइ हामि सबैले मन पराउने फल हो । थोरै नै होला आपलाई मन नपराउने मानिसहरु, आपँ सिजन अनुसार फल्ने फल हो । हामी आपँ त खान्छै तर त्यस्को फाइदा के छ त ? आपले हाम्रो शरिरलाई के फाइदा गर्छ त ? आउनुहोस् आपको फाइदाहरु बारे जानकारी लिउ ..!!! के-के छन् त आँप खानुका फाईदा ? १. क्यान्सर निरोधक: आँपमा पाइने एण्टीअक्सिड भिटामिन ई र फाइबरले क्यान्सरको जोखिमलाई कम गर्छ । २. आँखाको ज्योति: आँपमा हुने भिटामिन ए का कारण आँखाको ज्योतीलाई नष्ट हुन दिँदैन् । साथै आँखा चिलाउने तथा पोल्ने समस्याबाट पनि छुटकारा दिन्छ । ३. गर्मीबाट राहत: आँप गर्मी फल भएपनि यसलाई जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले गर्मीबाट छुटकारा दिलाउँछ । ४. रगतको मात्रामा बृद्धि: रगतको मात्रा कम हुने मानिसहरूले पनि आँप खानु उपयुक्त हुन्छ । आँपले शरिरमा रगतको मात्रा बढाउँछ । विशेषगरी गर्भवती महिलाहरूलाइ आँपले फाइदा गर्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलई पनि यसले कम गर्छ । ५. सेक्स हर्मोन बढाउन: आँपमा रहेको भिटामिन ई का कारण सेक्स हर्मोनमा बृद्धि गराउँछ । यसले यौन जीवनलाई थप खुसी राख्न मद्धत गर्छ । ६. मोटोपन बढाउन: आँपले मोटोपन घटाउने तथा बढाउने दुवै काम गर्न सक्छ तर यसका लागी यसको उचित प्रयोग गर्नुपर्ने हुन्छ । यदी आँपलाई दुधसँग खाने गरेका मोटोपन बढाउन मद्धत गर्छ । ७. स्मरण क्षमतामा बृद्धी गर्न: आँपमा पाइने ग्लूटामिन नामक एसिडले मानिसको स्मरण शक्ति बढाउन मद्दत गर्छ । उकत एसिडले ब्लड सेललाई सक्रिय बनाइराख्छ । ८. शारीरिक सुन्दरता: आँपको गुदी छालामा लगाउने गर्नाले छाला मुलायम र चमकदार हुन्छ..

दाँतलाई सुन्दर र बलियो राख्नका लागि निम्न कुराहरु अपनाउनु जरुरी रहन्छ ।

दाँतलाई सुन्दर र बलियो राख्नका लागि निम्न कुराहरु अपनाउनु जरुरी रहन्छ ।
* बिहान ब्रस नगरीकन खाने तथा पिउने नगर्ने । * राती सुत्नुअघि दाँत सफा गर्नु जरुरी छ । नियमित सफाईबाट दाँत सुन्दर तथा मोतीजस्तै चम्कन्छ । * धेरै चकलेट वा गुलियो खानु दाँतको लागि हानिकारक हुन्छ । गुलियो बस्तु खाएपछि दाँत सफा गर्न बिर्सनुहुँदैन । * प्रत्येक भोजन पश्चात औंलाले रगडेर दाँत सफा गर्ने तथा पानीले कुल्ला गर्नुपर्छ । किनकी दाँतमा अड्केका अन्नका कारण दाँतमा किरा पनि लाग्न सक्छ । * नीमको दतिवनले दाँत सफल गर्दा दाँतलाई बलियो बनाउन सघाऊ पुग्दछ । * गाँजर र स्याउ दाँतको लागि उचित फल हो । यसको सेवनबाट दाँतको व्यायाम पनि हुने गर्छ । * शुद्ध तोरीको तेलमा एक चिम्ति नुन मिसाएर हलुका हलुका रगड्ने हो भने दाँतको गिँजा पुष्ट हुन्छ । * दाँतलाई स्वस्थ राख्नका लागि जिँजालाई गिलसिरिनले मालिस गर्नु राम्रो मानिन्छ । *उचित समयमा ब्रस बदल्नु जरुरी रहन्छ । धेरै समयसम्म एउटै ब्रसले दाँत नमाज्नुहोला । बढीमा तीन महिनासम्म मात्र एउटा ब्रस प्रयोग गर्नुहोला । *ब्रसलाई सधैं ढाकेर राख्नुपर्छ । खुला ब्रसका कारण दाँतमा संक्रमण हुन सक्छ । आफ्नो ब्रस अरु कसैलाई पनि प्रयोग गर्न दिनुहुँदैन । *कागतीको बोक्रालाई सुकाएर त्यसमा दुई चम्चा नुन र तीन चम्चा सोडा मिलाउने । सो मिश्रणले दाँत सफा गर्दा दाँतको पहेंलोपन हटाउँछ । *अमलाको सेवनबाट दाँत चमकदार र स्वस्थ हुन्छ

स्याउ खानेको मुटु स्वस्थ

एक नयाँ अध्ययनले प्रत्येक दिन स्याउ खाने मान्छेमा मुटुरोगको खतरा कम हुने तथ्य पत्ता लगाएको छ । नियमित स्याउ खाँदा रगतमा कोलेस्टेरोलको मात्रा घट्ने र त्यसले मुटु तथा रगतसम्बन्धि रोगको खतरा कम गराएर मुटुलाई स्वस्थ बनाउन सहयोग गर्ने शोधकर्ताहरुको निष्कर्षछ । शोधका क्रममा एक महिनासम्म दिनहुँ एक दाना स्याउ खाने मान्छेको रगतमा खराब कोलेस्टेरोलको मात्रा ४० प्रतिशतले घटेको पाइयो । स्याउमा पोलिफेनोल्स नामक तत्व सहितको एन्टीअक्सिडेन्ट हुने हुनाले त्यसले कोलेस्टेरोललाई हटाउन सहयोग गर्ने विज्ञहरुको भनाइ छ । अमेरिकाको ओहियो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा स्याउको नियमित भोजनले हानिकारक लिपो प्रोटिनलाई अक्सिडाइज हुनबाट रोक्ने र त्यसले रक्तनलीका भित्तालाई कडा हुनबाट जोगाउने तथ्य पत्ता लगाए । स्याउको नियमित सेवन कोलेस्टेरोल घटाउने अरु औषधि तथा भोजनभन्दा बढि प्रभावकारी हुने निष्कर्षशोधकर्ताहरुको छ । उनीहरुका अनुसार स्याउको नियमित सेवनले दाँतको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने तथ्य फेला परेको छ, तर यस बारेमा भने विस्तृत अध्ययनको खाँचो छ ।