Sunday, November 10, 2013

आम हड्ताल फिर्ता लिन लेखीको आग्रह



काठमाडौ, कार्तिक २४ - राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले आज एक बिज्ञप्ती जारी गर्दै बन्द फिर्ता लिन नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय सचिवालयको आज बसेको बैठकपछि बिज्ञप्ती जारी गर्दै लेखीले आफ्नो पार्टीले निर्वाचनमा सहभागी नहुने तर बहिष्कार नगर्ने निर्णय गरेको उल्लेख गरे । उनले चुनावको बेलामा गरिने बन्दले मुलुक मुठभेडमा जाने आकलन गरेका छन् ।

‘बृहत् राजनीतिक सहमतिबिना नै चुनाव गराउने सत्ता पक्षधर दलहरुको अडान कुनै पनि अर्थमा राष्ट्रिय हितमा रहेको छैन् । यसो भन्दैमा निर्वाचन जस्तो लोकतान्त्रिक प्रक्रियाको विकल्प पनि सोंच्न सकिन्न ।’, लेखीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।

No comments:

Post a Comment