Friday, September 13, 2013

अमेरिकी पत्रिकामा छापियो बुद्ध नेपालमा जन्मिएको कुरा

२८ भदौ,काठमाडौ। नेपालमा बुद्धमा जन्मिएको भन्दै चर्चित अमेरिकी दैनिक पत्रिका ‘द वाशिङगटन पोस्ट’को अनलाइनल संस्करणमा समाचार छापिएको छ।
‘बुद्ध कहाँ जन्मिएका थिए ? धेरै भारतिय हरुको कुरा सुन्ने हो भने तपाईलाई पनि भारतमा जन्मिएका होलान भन्ने लाग्ला तर नेपालीलाई राम्रो संग थाहा छ र उनिहरु यो भ्रमलाइ तोड्न लागि परेका छन्’
यसरी लेखिएको छ वाशिङगटन पोस्टमा।
केहि समय अघि जिटिभीले एउटा श्रृखलाको प्रोमोशलन भिडियोमा पनि बुद्ध भारतमा जन्निएको देखाइथियो तर नेपालको विरोध पछि त्यसलाइ जीटिभीले हटाएको छ।
अर्को महिना नेपालले सरकारले बुद्धका तस्विर अंकित सय रुपैयाको नोट बजारमा ल्याउँदैछ। नोटमा बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको कुरा लेखिएको हुनेछ।
धेरै विद्धानहरु बुद्ध नेपालमा जन्मिएको कुरामा सहमत छन् । गौतम बुद्ध ६२३ बिसीमा लुम्बिनीमा जन्मिएका थिए।

No comments:

Post a Comment