भाद्र २७, एक आठ बर्षीय बालिका आफ्नो सुहागरातका दिन धेरै रगत बगेका कारण ज्यान गुमाउन पुगेकी छिन । यी बालिकाको बिबाह जवरजस्ती एक ४० बर्षीमा व्यक्तिका साथमा भएको थियो । ती व्यक्तिले ती बालिकाका साथमा जबरजस्ती शारीरिक सम्बन्ध राखेका थिए । भारतीय मिडिया आजतक को एक समाचारमा यस कुराको खुलासा गरिएको छ । 

जसका कारण बालिकाको योनाङ्गबाट निकै रगत बगेको थियो । तुरून्तै उपचार पाउन नसकेकी उनी अन्तत मृत्युवरण गर्न पुगेकी छन ।
यो घटना यमनको कबीलाई क्षेत्रमा भएको हो । केही बर्ष अघि पनि यमनमा एक १२ बर्षीय बालिका गर्भवती भएको तीन दिन सम्म उपचार नपाउँदा मृत्युको शिकार भएकी थिइन ।
जानवर पतिलाइ पक्राउ गर्नुपर्ने माग
यस प्रकारको निर्दयी घटनाको शिकार भएकी यि बालिका यमनको ग्रामीण क्षेत्रमा बस्दथिन । उनको नाम रावान थियो । उनी सउदी अरबसंग संगै जोडिएको क्षेत्रमा बस्दथिन । जब यो घटनाको खुलासा भयो, त्यसपछि देशका मानवाधिकार कार्यकर्ताहरूले जांच र बालिकाको परिवार तथा त्यस जनावर रूपी पतिको गिरफ्तारीको माग गरिरहेका छन । बताइए अनुसार यस क्षेत्रमा निकै कम उमेरका बालिकाहरूको बिबाह हुने गर्दछ । उनीहरूलाइ बिबाह गर्ने पुरूषहरू निकै उमेरका हुने गर्दछन ।
यस दर्दनाक घटना माथि एन्ग्रीम्यानको नामबाट पोस्ट गरिएको एक ब्लगमा भनिएको छ कि यी व्यक्ति मानिस नभै जनावर हुन, उनलाइ कडा भन्दा कडा सजायँ दिनु पर्दछ । यस घटनाका दोषी उ मात्र हैन, त्यस परिवारलाइ पनि सजायँ दिनु पर्दछ, जसले ती बालिकालाइ यस्तो अबस्थामा पुर्याए ।
हरेक चौथो बालिकाको बालबिबाह हुन्छ
यमनको यस क्षेत्रमा रहेको गरिबिका कारण बालिकाहरूको निकै कम उमेरमा बिबाह गरिदिने चलन रहेको छ । एक अध्ययनका अनुसार यमन का कुल महिलाहरू मध्ये एक चौथाईको बिबाह १५ बर्ष भन्दा पनि कम उमेरमा गराइने गरिन्छ ।
कम उमेरकी युवती वफादार श्रीमती
यी क्षेत्रहरूमा रहेका मानिसहरू मान्यता के छ भने यदी युवतीको उमेर निकै कम हुँदैमा बिबाह गरिदिएमा उनी सधैंभरी पतिको आज्ञा पालन गर्दछिन । उनका धेरै सन्तान हुन्छ र उनी प्रतिव्रता पनि हुने गर्दछन ।
१५ बर्ष उमेरको कानुनको खिल्ली उडाइयो
यस अघि यमनमा एउटा कानून थियो कि दुलहीको उमेर १५ बर्षभन्दा कम हुनु हुँदैन । तर ९० को दशकमा देशको संसदले यस कानूनलाइ निस्कृय बनायो । साँसदहरूले यो बताएर यो कानुनको खिल्ली उडाए कि आफ्ना बाबु आमाले आफ्नी छोरीको बिबाह कहिले गर्ने भन्ने कुरा आफैंले तय गर्नेछन ।
No comments:
Post a Comment