विराटनगर, २८ भदौ । विराटनगरस्थित नोबेल अस्पतालमा भदौ १९ गते जन्मिएका चम्ल्याहा शिशुमध्ये दुईको शुक्रबार दिउँसो मृत्यु भएको छ । एक शिशुको मंगलबार मृत्यु भएको थियो । झापा धुलावारीकी २६ वर्षीया दीपा भट्टराईले जन्माएका चार शिशुमध्ये एक किलो र ८ सय ग्रामका दुई शिशुको फोक्सोमा समस्या आई मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
शिशुको उपचार गर्दागर्दै पनि बचाउन नसकिएको बालरोग विशेषज्ञ डा अरुण गिरीले जानकारी दिनुभयो । ती शिशु २८ हप्तामै जन्मिएका हुन् । उनीहरुमा फोक्सोभित्र हुने सर्फेक्टन तत्व विकास नभएर श्वासप्रश्वासमा समस्या देखिएको डा गिरीले बताउनुभयो ।
बाँकी एक शिशुलाई बचाउने प्रयास जारी रहेको चिकित्सकहरुले बताएका छन् ।
No comments:
Post a Comment