
नवलपरासी, कात्तिक २९ - नवलपरासी क्षेत्र नं.१ मा सदभावना पार्टीका प्रत्यक्ष तर्फका उमेद्वार विनोद शर्मासहितका कायकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले क्षेत्र नं. १ का उम्मेदवार दीपक अधिकारीलाई समर्थन गर्दै उहाँ एमालेमा प्रवेश गर्नु भएको हो । ‘कांग्रेसको किल्ला तोड्न एमालेले मात्र सक्ने भएकाले एमालेका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको हुँ’ सदभावना पार्टीका उमेद्वार शर्माले भन्नुभयो । उहाँलाई एमाले अध्यक्ष तिलक महत अधिकारीले फूलमाला र अविर लगाएर एमालेमा स्वागत गर्नु भएको हो । यसअघि पनि स्वतन्त्र उम्मेदवार रामुकान्त अर्याल अधिकारीलाई समर्थन गर्दै एमालेमा नै प्रबेश गर्नु भएको थियो ।
No comments:
Post a Comment