Friday, November 1, 2013

१३ दिनमा रातो चुरा

हेटौंडा, नेस / नेपाली समाजमा परम्परागतरुपमा रहेको रुढीवादी परम्परा तोड्न यहाँकी एक एकल महिलालाई पतिको निधन भएको १३ औं दिनमा रातो पहिरन पहिराइएको छ । मानव अधिकारका लागि एकल महिला समूहले विहीबार हेटौंडा–५ की पारस पाण्डेलाई रातो टीका र चुरा दिएर सम्मान गरेको हो ।
समूह आबद्ध महिलाहरु पाण्डेको घरमा पुगेर रातो वस्त्र प्रदान गरेका थिए । पति केशबहादुर पाण्डेको निधनपछि एकल बनेकी पारसलाई समूह अध्यक्ष सुनिता पराजुलीलगायतले रातो वस्त्र प्रदान गरेका थिए ।
समूहले रुढीवादी परम्परा तोड्न सात वर्षदेखि यस्तो अभियान जारी राखेको समूहकी महिला तथा वालबालिका अध्यक्ष अम्बिका खतिवडाले बताइन् । समूहले हालसम्म ३५ जना एकल महिलालाई रातो पहिरन प्रदान गर्नुका साथै सम्मान गरिसकेको छ ।

No comments:

Post a Comment