Friday, November 1, 2013

पहिरोले स्याङ्जामा कालिगण्डकी नदी थुनिय



राधाकृष्ण डुम्रे/उज्यालो । कात्तिक १५ – स्याङ्जाको आलमदेवी गाविस वडा नं ५ मा पहिरो जाँदा वडा नं ५ मा कालिगण्डकी नदी थुनिएको छ ।विर्घा-कोटाकोट सडक खण्डमा पहिरो जाँदा कालिगण्डकी थुनिएको प्रहरीले जनाएको छ । कालिगण्डकी नदी तालमा परिणत भएर एकै चोटी फुट्न सक्ने भन्दै प्रहरीले सतर्क रहन स्याङ्जा ,पाल्पा र गुल्मीका विभिन्न गाविसका बासिन्दालाई आग्रह गरेको छ ।

तालमा परिणत भएको नदी एकै चोटी फुटेमा स्याङ्जाको आलमदेवी गाविसको वडा नं ७ तथा कोटाकोट, कारिकोट चण्डीभन्ज्याङ गाविसको वडा नं ४, ५ र ८, श्रीकृष्ण गण्डकी गाविसका केही वडाहरु, पाल्पाको अर्गली, वौघापोखरा, गुल्मीको रुरु, रुद्रवेणी, ठूलो लुम्पेक, अश्लेवा लगाएतका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक आभुषण तिमिल्सेनाले जानकारी दिनुभयो ।

उहाँले पहिरो खस्ने क्रम अहिले पनि जारी रहेको र जुन सुकै बेला खतरा उत्पन्न हुन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालिगण्डकी थुनिएको ठाँउतर्फ गइसकेको प्रहरी प्रमुख तिमिल्सेनाले जानकारी दिनुभयो । घटनाको पूर्ण विवरण भने आउन बाँकि छ

No comments:

Post a Comment