डम्बर अधिकारी, दमौली
डिसीनेपाल डटकम संवाददाता - यि हुन् तनहुँ छिपछिपेका २८ बर्षिय हेमराज गुरुङ । यिनको अनुहारमा मासुको डल्लो पलाएको वर्षौँ वितिसकेको छ । तर यसको उपचार आज सम्म हुन सकेको छैन । उपचारका लागि चितवनको भरतपुर स्थित क्यान्सर र भारतका विभिन्न अस्पतालमा पुगिसके तर रोग निको भएको छैन ।
यसै सिलसिलामा उनी थप उपचारका लागि काठमाण्डौ स्थित सुस्मा मेमोरियल अस्पतालमा जाँदै छन् ।उनका दाजु नरबहादुर गुरुङगका अनुसार भोली अस्पतालमा उपचार गरिदैछ । तर गुरुङ परिवारलाई हेमराजको उपचारमा लाग्ने खर्चले पिरोलेको छ । दमौलीको भोर्लेटार चोकमा भेटिएका यि गुरुङ दाजुभाईले उपचारका लागि कोही सहयोगी हातहरु भेटिए उनीहरु भगवान सरह हुने बताएका थिए ।

No comments:
Post a Comment