दोलखा, आश्विन २३ - दसैंमा घर जाने यात्रु बोकेको यात्रुबाहक वस दोलखा मेलुङमा दुर्घटना हुँदा प्रहरी जवान दिपात लामाको मृत्यु भएको छ । गम्भीर घाइते ८ जनालाई उपचारको लागि लगिएको छ ।
बुधबार करिब ४:३० बजे काठमाडौंबाट यात्रु बोकेको बा २ ख ९८०४ नम्बरको बस पुष्पलाल मार्गबाट करिब ४ किलोमिटर मेलुङ सिम्रासमा दुर्घटना भएको हो । उकालोमा पछाडि चिप्लिएर सडकमै दुर्घटना भएको बसमा मेलुङ र डाडाखर्क गाविसका यात्रुहरु थिए । करिब ४५ यात्रु बोकेको अरनिको यातायात समितिको बसमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
स्थानीय रविन लामाका अनुसार हात, खुट्टा भाँचिएका र टाउकामा चोट लागेको यात्रुमध्ये तीन महिला र पाँच पुरुषलाई उपचारको लागि लगिएको बताए ।
No comments:
Post a Comment