Wednesday, October 9, 2013

...धन्न दसैंछेक छुटे खुमबहादुर 'मैले भ्रष्टाचार गरेको प‍्रमाणित भएकै छैन'


काठमाडौ, आश्विन २३ - कालिकास्थानबाट डिल्लीबजार कारागार हुँदै नक्सालतिर जाने बाटो बुधबार बिहानैदेखि बन्द गरिएको थियो । मैतिदेवी-पुतलीसडकको 'वन-वे' सडकको जाम ९ बज्दानबज्दै पाइलो सार्नै नसकिने भएको थियो ।
कांग्रेस नेता खुमबहादुर खड्काको रिहाई यति भव्य हुँदैथियो, चुनाव जित्दा, मन्त्री हुँदा पनि सायद यत्रो भिड जुट्न सकेको थिएन । प्रजातन्त्र पुनःस्थापनापछि ८ पटक मन्त्री भएका खड्कालाई स्वागत गर्ने भीडले उनलाई सान फेर्न साँच्चै गाह्रो भएको थियो ।
भ्रष्टाचारी ठहर भएपछि १४ महिना जेल बसेर फर्केका खुमबहादुरको रिहाई बुधबार काठमाडौंमा चर्चाको विषय बन्यो । कारण थियो- उनको स्वागतका लागि जम्मा भएको भीडले काठमाडौंमा बिहानैदेखि सुरु भएको जाम २ बजेसम्म उस्तै थियो ।
'यो त कि भीड हो र,' खुमबहादुरको तस्बिर अंकित टिसर्ट लगाएका एक कार्यकर्ता भन्दै थिए, 'धन्न दाइ छुट्ने दिन सवै घर गइसकेको दसैंछेक पर्‍यो, अरुबेला भए जनआन्दोलनमा नदेखिएको भीड देखाइदिन्थ्यौं ।' उनले यसो भनिरहँदा डिल्लीबजार कारागार अगाडि पार्किङ गरिएका झण्डै एक दर्जन मोटरसाइकल भीडले पेलेर लडेका थिए ।
ती युवकको भनाइमा दम्भ होइन, दम नै थियो । भीड साँच्चै उनले भनेजस्तै थामिनसक्नु थियो ।
दुई सयभन्दा बढी मोटरसाइकल पछिपछि ताँती लाग्न तयार थिए, ग्रामीण रुटमा चल्ने ठूल्ठूला गाडि सडकमा डिल्लीबजारबाट मैतिदेवीतर्फ मोडिने बाटोमा पार्किङमा थिए ।
टिसर्टधारी युवाहरु हातेसांग्लो बनाएर ९ नबज्दै तयार भएका थिए । डिल्लीबजार कारागार प्रहरीको होइन, तरुण दलका युवाहरुको कब्जामा थियो । पत्रकारले प्रहरीलाई होइन, तरुण दलका कार्यकर्ताको अनुमतिमामात्रै कारागार छिर्न पाउँथे । धेरै पत्रकार छिर्न पाएनन् । खुमबहादुरका पछुवाहरु भन्दै थिए, 'समयमा नआउने पत्रकार भित्र छिर्न पाउँदैनन् ।'
कारागार परिसरमा बीआर ५५४८६५ नम्बरको भारतीय गाडी थियो । यो गाडी खुमबहादुरलाई स्वागत गर्न आएको होइन, एक क्विन्टलको माला तयार पार्न तीन जना कालिगड बोकेर कोलकताबाट ल्याइएको हो । जेलबाट छुटेपछि उनलाई मिनिट्रकमा चढाइयो र उनको निवास सानेपासम्म जयजयकार गर्दै लगियो ।
कारागारबाट पुतलीसडक हुँदै भएको र्‍यालीको असरले दिउँसो २ बजेसम्म आसपासमा सडक जाम भयो ।

No comments:

Post a Comment