Monday, August 5, 2013

तनहुँको खैरेनीटार ९ स्थित कुम्लेखोला पुलबाट बस खस्यो


तनहुँको खैरेनीटार ९ स्थित कुम्लेखोला पुलबाट बस खस्दा १९ जना घाईते भएका छन् । काठमाडौंबाट पोखरातर्फ गैरहेको ना ३ ख ९४४१ नम्बरको यात्रुबाहक बस साँझ सांढे ६ बजेतिर खोलामा खस्दा घाईते भएका मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दुई जना घाईतेको सेतीगंगा सामुदायिक अस्पतालमा उपचार भैरहेको छ भने बाँकी सबैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । तीव्र गतिमा आईरहेको पुलनजिकैको दाहिनेतर्फको सीमेन्टको ब्लकमा ठोक्किएपछि गती परिवर्तन गर्दै देब्रेतर्फ रहेको खोला किनारमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । गती बढी भएका कारण सीमेन्टको ब्लकमा ठोक्किंदा पनि बस नरोकिएको देब्रेतर्फको खोलातिर पल्टिएको घटनास्थलमा केहीबेरपछि पुगेका तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई सचिव सुजित हिराचनले बताए । र्दुघटनालगत्तै सूचना पाएकाले प्रहरी तथा एम्बुलेन्ससहितका उद्धारकर्मीहरुले घाईतेहरुको तत्काल उद्धार गरेका थिए ।

No comments:

Post a Comment