वासिङटन, श्रावण २२, अलकायदाका प्रमुख आयमान अल जवाहिरीले अरब प्रायद्वीपमा आफ्नो दोश्रो नम्बरको आतंकवादी साथीहरूलाइ अमेरिकामा निकै ठुलो आक्रमण गर्नका लागी आदेश दिएका छन । यस कुराको गुप्तचरहरूबाट जानकारी प्राप्त भएपछि अमेरिकाले बिभिन्न देशहरूका कयौं दूतावासहरू तथा वाणिज्य दूतावासहरू बन्द गरेको छ ।
गत साता जवाहिरी र यमन स्थित अलकायदाको एकाईका प्रमुख नासिर अल वुहायशीका बिचमा भएको भेटवार्ता अमेरिकी गुप्तचर एजेन्सीको पकडमा आएको थियो ।
यस भेटवार्तामा के खुलासा भयो भने अलकायदा अमेरिका र अन्य पश्चिमी देशहरूमा ११ सेप्टेम्बर पछिकै सबैभन्दा ठुलो आक्रमणको तयारी गरिरहेको छ ।
समाचारपत्रहरूका अनुसार दुबै आतंकवादी प्रमुखका बिचमा कुनै स्थान विशेषको भने उल्लेख गरिएको छैन । तर यो आक्रमण हुने भने पक्का थियो । आक्रमणको आशंकामा अमेरिकाले गत सोमाबार पश्चिम एशियामा रहेका आफ्ना २२ वटा दूतावासहरू तथा वाणिज्य दूतावासहरू बन्द गरेको थियो । जसमध्ये १९ वटा दूतावासहरूको बन्द गर्ने समयसीमा भने १० अगष्ट सम्म बढाइएको छ ।
‘न्यूयोर्क टाइम्स’ को एक समाचार अनुसार अमेरिकी अधिकारीहरले उक्त भेटमा जवाहिरीले अलकायदाको यमनको एकाइलाइ गत आइतवारनै आक्रमणका लागी आदेश दिएको थियो ।
No comments:
Post a Comment