Monday, December 9, 2013

टोकियोमा नेपालीको आत्महत्या(यस्तो थियो स्टाटस)

टोकियोमा नेपालीको आत्महत्या(यस्तो थियो स्टाटस)

जापानको टोकियोमा हिजो एक नेपालीको निधन भएको छ । प्राप्त जानकारी अनुसार सुरज बस्नेत नाम गरेको उक्त नेपालीले हिजो सिनागावामा ट्रेनको लिकमा हाम फालेर आत्महत्या गरेका छन ।

टोकियोको ईकेबुकुरोमा रहेको आईसिए जापानी भाषा बिद्यालयमा पढ्दै गरेका उक्त बिद्यार्थी केही समय अघि मात्रै जापानमा आएका हुन् । उनका साथीहरुको अनुसार एक्कासी यस्तो घट्ना घट्दा आफुहरु अचम्ममा परेको बताए र उनीहरु केही समय अघि मात्र जापान आएकोले भाषाको समस्याले गर्दा केही नेपालीहरु घटनास्थल तर्फ गएको जानकारी प्राप्त भएको छ । गोर्खाको सती पीपल भन्ने ठाउमा स्थायी घर भई यही अक्टोवरमा विद्यार्थी भिषामा जापान आएका थिए ।

हरेक दिन काम गरिरहेको र स्कुल गईरहेको बताउदै सुरजसग सगै बस्दै आएका उनका साथी बिनोद खड्काले नेपालजापान डट कमसग भने- “हिजो साथीको जान्छु भनेको थियो, हामीले आउने बेलामा तरकारी लिएर आउ भनेको थिए ,साथीको मा छू आउन ढिलो हुन्छ भनेका थिए, आज बिहान एक्कासी पुलिसको फोन आउदा हामी अचम्ममा पर्यौ ।” साथी बिनोद खड्काका अनुसार जापानी प्रहरीले आत्महत्या नै भएको बताएको छ ।
source : nepaljapan.com

No comments:

Post a Comment