Saturday, September 21, 2013

बजारमा सुन बिक्नै छाड्यो



६ असोज, काठमाडौं । सुनको मूल्य अस्थिर
भएपछि कारोबार ७५ प्रतिशतसम्म घटेको छ ।
व्यवसायीका अनुसार एकातर्फ सर्वसाधारणबाट
माग घटेको छ भने अर्कोतर्फ बैंकहरूले
बढेको भन्सार दर जोडेपछि करिब ३ सय २५
किलो सुन बैंकहरूमा थन्किएको छ । औपचारिक
रूपमा बजारमा सुन बिक्री गर्ने अधिकार
अनुमतिप्राप्त बैंकहरूलाई मात्रै छ । विगतमा दसैंको मुखमा दैनिक करिब ४०
किलो सुनको माग हुने गरेकामा यस वर्ष १०
किलो पनि नबिकेको सुन-
चाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न
शाक्यले बताए । ‘धेरैजसो पुरानो गहनालाई
नयाँ बनाउने ग्राहक भएकाले नयाँ सुन त ५
किलो हाराहारीमा मात्रै बिक्ने गरेको देखिन्छ,’
उनले भने, ‘बैंकहरूमा करिब ३ सय २५ किलो सुन
थन्किएको छ ।’कान्तिपुर दैनिकले समाचार
छापेको छ ।
भदौ दोस्रो सातामा सुन अहिलेसम्मकै उच्च ६३
हजार रुपैयाँ प्रतितोलामा बिक्री भएको थियो ।
उपभोक्ताले मूल्य घट्ने अपेक्षाका साथ
नयाँ अर्डर गर्ने क्रम रोकियो । ‘एकातर्फ
बजारमा सुनको माग छैन,’ शाक्यले भने,
‘त्यसमाथि बैंकहरूले पुरानै मौज्दात भए
पनि नयाँ भन्सार दर जोडेर महँगोमा बेच्न
खोजेपछि थन्किएको हो ।’

No comments:

Post a Comment