Friday, September 20, 2013

अमेरिकी युद्ध विमान के लिएर काठमाडौँ आयो के लिएर गयो ?

असोज ३ । युद्धमा प्रयोग गरिने अमेरिकी विमान बिहीबार नेपालमा आएपछि त्यसले ठूलै हल्लाखल्ला मच्चाएको छ । तर उक्त विमान किन नेपाल आयो, के लिएर आयो र के लिएर गयो भन्नेबारे भने केही पनि खुलेको छैन ।

 अमेरिकी वायु सेनाको विशेष विमान बिहीबार दिउँसो साढे २ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भने साँझ ५ बजेर ५ मिनेटमा स्वदेश फिर्ता भएको थियो ।

नेपालस्थित अमेरिकी दुतावास नेपाली सैनिकले उक्त विमानले काठमाडौंस्थित दूतावासका सामान लिएर आएको जनाएको छ । विमानको नजिक प्रहरीलाई समेत जान रोक लगाएकाले विमानमा के थियो भन्नेबारे भने खुल्न सकेको छैन ।

दुतावासकै समान भएपनि युद्धबाहक विमानमा नै किन ल्याइयो भन्नेले भने प्रश्न खडा गरिदिएको छ । शिर्षकमा भनिए झैँ अमेरिकी युद्ध विमान के लिएर काठमाडौँ आयो र के लिएर गयो भन्नेबारे भने सबै पक्ष अनविज्ञ रहेका छन् वा त उक्त विषयलाई गोप्य राखेका छन् ।

No comments:

Post a Comment