
काठमाडौं, भाद्र १७ - एमालेले संविधानसभा निर्वाचन परिचालनको जिम्मा अध्यक्ष झलनाथ खनाललाई नै दिएको छ ।
केन्द्रीय कमिटीको सोमबारको बैठकले खनालको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । निर्वाचन परिचालन कमिटीको नेतृत्वका लागि खनालसहित नेता केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले दाबी गर्दै आएका थिए ।
बैठकले युवा संघ नेपालभित्र देखिएको विवाद मिलाउन पनि तीन सदस्यीय समिति गठन गरेको छ ।
No comments:
Post a Comment