नेपालगन्ज, मंसिर १४ - प्रहरीले शान्ति वार्ता गरी हतियार बुझाइसकेको भूमिगत समूहका नेता भगत सिंहलाई शुक्रवार साँझ नेपाल-भारत जमुनाह नाकाछेउबाट पक्राउ गरेको छ ।

हतियार बुझाए पनि उनीविरुद्धका मुद्दा फिर्ता भएका छैनन् । आफू र जेलमा रहेका आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता भए संविधानसभा निर्वाचनमा उम्मेदवार हुने इच्छा देखाएका थिए । उनको समूहले वार्ता टुंग्याएर निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासनअगाडि धर्ना समेत दिएका थिए ।
निर्वाचनको मनोनयनअघि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)सँग पार्टी एकताको सहमति समेत गरिसकेका सिंह कानूनी अड्चनका कारण सीमावर्ति भारतीय बजार रुपैडियामा बस्दै आएका थिए ।
No comments:
Post a Comment