Sunday, September 8, 2013

बुद्ध भारतमा जन्मिएका भन्दै जी टिभीले बनायो टेलिश्रृखला



काठमाडौं, भदौ २३ - गौतम वुद्ध भारतमा जन्मिएका हुन् भन्दै भारतीय टेलिभिजन च्यानल जी टिभीले टेलिश्रृखला वुद्ध निर्माण गरेको छ ।
भगवान गौतम वुद्धको जीवनमा आधारित यो टेलिश्रृखला आइतबारदेखि प्रसारणमा आउँदै छ ।
टेलिभिजन श्रृखला बुद्ध सार्वजनिक गर्न गतहप्ता मुम्बईमा भएको कार्यक्रममा टेलिश्रृखला बुद्धमा अभिनय गरेका कलाकार कविर वेदीले बुद्धको जन्म भारतमै भएको र बुद्ध धर्मको प्रचार भारतबाट सुरु भएकाले बुद्धको जीवनमा आधारित टेलिश्रृखलामा काम गर्न पाउनु आफ्ना लागि भाग्य भएको प्रतिक्रिया दिएका छन् ।
कविर वेदीले लामो समयपछि भारतीय टेलिभिजनमा पुनरागमन गरेका हुन् । यस्तै यो टेलिश्रृखलामा समिर धर्माधिकारी निगार खानलगायतको पनि अभिनय छ ।
स्मरण रहोस यसअघि गौतम वुद्ध भारतमा जन्मिएका हुन भन्ने आशयको संवाद रहेको हिन्दी कथानक चलचित्र चाँदनी चोक टू चाइनाको नेपालमा विरोध भएको थियो । विरोधपछि नेपालका हलहरुले चाँदनी चोक टू चाइनको प्रदर्शन नै रोकिएको थियो ।

No comments:

Post a Comment