Sunday, July 14, 2013

राप्ति सम्पर्क मञ्च कोरियाले साँस्कृतिक कार्यक्रम गर्ने

सउल । कोरियन चाड चुसुकमा राप्ति सम्पर्क मञ्च दक्षिण कोरियाले सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । कोरियामा सांस्कृतिक कार्यक्रमको बाँड फाडमा नेपली सम्पर्क समिति कोरियाले औपचारिक रूपमा राप्ति सम्पर्क मञ्च कोरियालाई अनुमति दिए पछि सो संस्थाले उक्त कार्यक्रम गर्नलागेको हो ।
 उक्त कार्यक्रम कोरियन पर्व चुसुकको अन्तिम दिन २०१३ सेप्टेम्बर २० तारिख शुक्रवार सम्पन्न हुने आयोजकले बताएका छन् । सम्पन्न र सुगमलाई छाडैा, विपन्न र दुर्गमलाई रोजी गरौ भन्ने उदेश्यका साथ उक्त कार्यक्रम गर्न लागिएको संस्थाका सचिव जनक पुनले बताए । राप्ती अञ्चलका दुर्गम र बिपिन्न परिवारका बालबालिकाको शिक्षामा सक्दो सहयोग गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको पुनको भनाई थियो ।
उक्त कार्यक्रममा ख्याती प्रप्त कलाकारहरू इन्दिरा जोशी ,टिका पुन , राजु गुरुङ , कोमल ओली, गीता राई र प्रेमप्रकाश ओली लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ । उक्त दिन कोरिया मा रहनुहुने सबै नेपालीलाई उपस्थित भई भरपुर मंरोंजन लिन आवहान गरिएको छ । मनोरञ्जनसँगै सिङ्गो समाज र देश बाटै पछि परेका दुर्गम र बिपिन्न परिवारका बालबालिकाको शिक्षामा समेत टेवा पुग्ने भएकाले राप्ती सम्पर्क मञ्च दक्षिण कोरियाको स्वर्गद्वारी सांस्कृतिक सौगातलाई नछुटाई हेरिदिन सबै कोरियामा बस्नुहुने नेपाली हरुमा आग्रह समेत गरिएको छ ।

No comments:

Post a Comment