Saturday, July 20, 2013

भोलिदेखि दाहाल अध्यक्ष, अरु सवै केन्द्रीय सदस्य


काठमाडौं, श्रावण ५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षबाहेक सवैलाई केन्द्रीय सदस्य बनाउनेसहितको राजनीतिक एवं सांगठनिक प्रस्ताव पारित हुने भएको छ ।
राजधानीको खन्ना गार्मेन्टमा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा शनिबार बोल्ने १६ वटै टोली समूहका नेताले समर्थन जनाएपछि दाहालको प्रस्ताव पारित हुने निश्चितप्रायः छ । यद्यपि टोली नेताहरुले पद त्याग गर्ने उपाध्यक्ष बाबुराम भट्टराईको निर्णयको विरोध गरे ।
बैठकमा लिम्बूवानबाट टङ्क आङ्बुहाङ, किराँतबाट सुरेशकुमार राई, थारुवानबाट जगप्रसाद शर्मा, अवधबाट कमल चुदारी, भोजपुराबाट अन्जना बिशंखे, मगरातबाट समरसिंह, तमुवानबाट हरि अधिकारीले धारणा राखे ।
यो पनि पढ्नुहोस्
ताम्सालिङबाट हितबहादुर तामाङ, सेती महाकालीबाट रेणु चन्द, भेरीकर्णालीबाट सुरेश पहाडी, मजदुरबाट शालिकराम जमकट्टेल, अन्तर्राष्ट्रिय ब्यूरोबाट युवराज चौलागाईँ र सल्लाहकार परिषद्बाट नन्दकुमार प्रसाईंले धारणा राखे ।
सवै टोली नेताहरुले दाहालको प्रस्तावको समर्थन गर्दै पार्टीभित्र त्यागको भावना बढाउनुपर्नेमा जोड दिए । उनीहरुले दाहालको प्रस्ताव पदलोलुपहरुको लागि झापड भएको बताए ।
विस्तारित बैठकमा आइतबार अध्यक्षबाहेक सवैलाई केन्द्रीय सदस्य बनाउने दाहालको प्रस्ताव संशोधनसहित पारित गर्ने कार्यक्रम छ । २०६१ सालमा भएको चुनवाङ बैठकबाट दाहालले सवै नेतालाई एक तह घटुवा गरि आफूमात्र अध्यक्ष भएका थिए ।
दाहाललाई डेटिङ निम्तो
समूहगत धारणा राख्दै एमाओवादी नेतृ रेणु चन्दले अध्यक्ष दाहालको मधेससँग लभ परेको भनाइलाई व्यंग्य गरिन् । 'अध्यक्ष कमरेड मधेससित लभ पर्‍यो भन्नुहुन्छ, सेतीमहाकालीसँग चाँही नि,' उनले भनिन्, 'भैगो हामीसित लभ नपरे पनि डेटिङ चाँही आउनुपर्‍यो ।'




No comments:

Post a Comment