Monday, July 22, 2013

मलेसियामा तीन नेपाली युवतीको उद्धार


मलेसियास्थित रेष्टुरेन्टमा अवैध काममा लगाइएका तीन नेपाली युवतीको मलेसिया प्रहरीले उद्धार गरेको छ । उक्त रेष्टुरेन्टबाट प्रहरीले ती नेपाली युवतीसहित ६ जना भारतीय, चारजना पाकिस्तानी र दुईजना बंगालादेशी युवतीको पनि उद्धार गरेको छ ।
क्वालालम्पुरस्थ ित जलान इनाई नामक रेष्टेरेन्टमा आइतबार छापा मारी ती युवतीको उद्धार गरिएको मलेसियाको द स्टार अनलाइनले जनाएको छ । मलेसिया प्रहरीका अनुसार रेष्टुरेन्टले ती युवतीलाई अवैध रुपमा गेष्ट रिलेसन अफिसरका रुपमा राखेर ग्राहकको सेवामा लगाएको थियो । यी मध्ये एक पाकिस्तानी युवतीका आफन्तले त्यहाँस्थित पाकिस्तानी दूतावासमा जानकारी गराएपछि उनीहरुको उद्धार गरिएको हो ।
यो घटनासँगै मलेसिया प्रहरीले मानव तस्करीमा संलग्न गिरोहको पर्दाफास पनि गरेको छ । यो गिरोहले विभिन्न प्रलोभन देखाई दक्षिण एसियाली मुलकका युवतीलाई मलेसिया पुर्याएर रेष्टुरेन्टमा त्यस्तो काममा लगाउने गरेका थिए । प्रहरीले ती युवतीलाई त्यस्तो काममा लगाउने तीन स्थानीय र एक भारतीय नागरिकलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
गिरोहले ती युवतीलाई दिउँसो रेष्टुरेन्टमा काम लगाउने र रातिको समयमा अनैतिक काममा समेत लगाउने गरेको मलेसिया प्रहरीले जनाएको छ । त्यसमध्ये कतिपय युवतीलाई रेष्टुरेन्टमा नर्तकीका रुपमा समेत प्रयोग गरिएको थियो ।

No comments:

Post a Comment